(सूचनाको हक कार्यान्वयन सम्बन्धी अनुगमन निर्देशिका, २०७६ को दफा ६ बमोजिम)
जिल्ला अनुगमन इकाईको गठन, काम, कर्तव्य र अधिकार :
- जिल्ला स्थित सार्वजनिक निकायबाट सूचनाको हकको कार्यान्वयन भए, नभएको वियषमा अनुगमन गर्न,
गराउन प्रत्येक जिल्लामा देहाय बमोजिमको जिल्ला अनुगमन इकाई रहनेछ :
(क) प्रमुख जिल्ला अधिकारी - अध्यक्ष
(ख) जिल्ला समन्वय अधिकारी, जिल्ला समन्वय समितिको कार्यालय - सदस्य
(ग) प्रमखु, जिल्ला हुलाक कार्यालय -सदस्य सचिव
(२) उपदफा (१) बमोजिमको जिल्ला अनुगमन इकाईको काम, कर्तव्य र अधिकार देहाय बमोजिम
हुनेछ :
(क) जिल्लास्थित सार्वजनिक निकायमा सूचना माग गरेको विवरण तथा सूचना दिएको वा दिन इन्कार गरेको विवरणको छुट्टा छुट्टै अभिलेख राखे, नराखेको अनुगमन गर्ने,
(ख) जिल्लास्थित सार्वजनिक निकायले ऐनको दफा ५ को उपदफा (३) र नियमावलीको नियम ३ बमोजिम प्रकाशन गर्नुपर्ने सूचना प्रकाशन गरे, नगरेको अनुगमन गर्ने,
(ग) जिल्लास्थित सार्वजनिक निकायमा सूचना अधिकारीको व्यवस्था गरे, नगरेको अनुगमन गर्ने र त्यसरी अनुगमन गर्दा सूचना अधिकारीको व्यवस्था नभएको देखिएमा सूचना अधिकारीको व्यवस्था गर्न निर्देशन दिने।
(३) उपदफा (१) बमोजिमको जिल्ला अनुगमन इकाईको बैठक सम्बन्धी कार्यविधि सो समितिले आफैंले निर्धाराण गरे
बमोजिम हुनेछ।
(४) सूचनाको हकको कार्यान्वयन तथा अनुगमन गर्न जिल्ला अनुगमन इकाईका लागि आयोगले आवश्यक रकम जिल्ला
हुलाक कार्यालय/हुलाक सेवा निर्देशनालयमा उपलब्ध गराउन सक्नेछ।
(५) जिल्ला हुलाक कार्यालय/हुलाक सेवा निर्देशनालयले जिल्ला अनुगमन इकाईको प्रत्येक महिनाको खर्चाको फाँटवारी
मन्त्रालय र आयोगमा पठाउनुपर्नेछ ।